श्रेणी : अन्तर्राष्ट्रिय
पाकिस्तानको पूर्वी प्रान्त लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य ५० जना भन्दा बढी घाइते भएका छन् ।
उद्धार विभागका अनुसार पूर्वी पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा विगत ३० वर्षयताकै सबैभन्दा बढी २९१ मिलिमिटर वर्षा हुँदा करेन्ट लागेर, डुबेर र भग्नावशेषमा पुरिएर ती व्यक्तिको मृत्यु भएको हो ।
शहरको मिश्री शाह क्षेत्रमा भारी वर्षाका कारण घरको छाना भत्किँदा एक दम्पती र उनीहरूका दुई छोरासहित चार जनाको परिवारको मृत्यु भएको हो ।
लाहोरको थोकर सन्नी पार्क क्षेत्रमा वर्षाको पानीमा डुबेर एक ११ वर्षीय बालकको मृत्यु भएको छ भने एक महिलासहित चार जनाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार र बिहीबारको वर्षाका कारण सहरी क्षेत्रमा बाढी आएको छ भने धेरै क्षेत्रमा पूर्वाधारमा क्षति पुगेको छ ।
प्रतिक्रिया