वीरगन्ज :

पाकिस्तानको दाबी : सीमा पार गर्ने प्रयासमा ५४ आतङ्ककारी मारिए

श्रेणी : अन्तर्राष्ट्रिय

2 days
Pradeep Sah
1.7kViews
1057 Shares

काठमाडौ,१५ वैशाख । अफगानिस्तानको सीमाबाट अवैध रूपमा पाकिस्तान प्रवेश गर्ने प्रयासमा रहेका ५४ जनालाई मारिएको पाकिस्तान सेनाले दाबी गरेको छ। गत शुक्रबारदेखि आइतवारसम्म खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी सुरक्षाबलले सीमातर्फ अगाडि बढिरहेको एक ठूलो समूहको गतिविधि नियन्त्रणमा लिएको जनाएको छ।

सेनाको दाबी अनुसार, ती व्यक्तिहरू पाकिस्तानमा ठूला आतङ्ककारी गतिविधि सञ्चालन गर्न विदेशी शक्तिको निर्देशनमा पठाइएको समूह थियो। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार, यो घटना अफगानिस्तानको सीमावर्ती क्षेत्रमा बढ्दो सुरक्षाजन्य तनावको संकेत हो।

पाकिस्तानले २०२१ मा तालिबान अफगानिस्तानको सत्तामा फर्किएयता आफ्ना भूभागमा आक्रमण गरिरहेका आतङ्ककारीहरू अफगान भूमिमा आश्रय लिएर बसेको आरोप लगाउँदै आएको छ। तर अफगान सरकारले ती आरोपहरू बारम्बार अस्वीकार गर्दै आएको छ।

इस्लामाबादले आतङ्ककारी समूहहरूलाई नियन्त्रणमा लिन अफगान प्रशासनसँग निरन्तर आग्रह गर्दै आएको भए पनि त्यसप्रति काबुलले चासो नदेखाएको पाकिस्तानको गुनासो छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *