
श्रेणी : अन्तर्राष्ट्रिय
22Views
0
Shares
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबादस्थित अदालत बाहिरबाट पक्राउ परेका छन् । भ्रष्टाचारसम्बन्धी आरोप लगाइएको मुद्दाबारे उनी अदालतमा उपस्थित हुन लागेका थिए ।
आफूमाथि लगाइएका आरोप राजनीतिक रूपले अभिप्रेरित भएको भन्दै पूर्वप्रधानमन्त्री खानले त्यसलाई अस्वीकार गर्दै आएका छन् । अदातल परिसर प्रवेश गरेपछि सुरक्षाकर्मीले खानलाई बख्तरबन्द गाडीमा राखेका थिए ।
गत अप्रिलमा उनी सत्ताबाट निकालिएका थिए। त्यसयता उनले समयअगावै निर्वाचनको पक्षमा अभियान चलाउँदै आएका छन् । हालै एउटा र्यालीको क्रममा इमरान खानमाथि गोली प्रहार गरिएको थियो। घटनामा उनी बाँच्न सफल भएका थिए।


प्रतिक्रिया