वीरगन्ज :

पांच लाख घुससहित जितपुरसिमराका वडाध्यक्ष कार्की पक्राउ

श्रेणी : BANNER

1 year
Pradeep Sah
2.9kViews
1463 Shares

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिकाका एक जना वडाअध्यक्ष घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले साेमबार दउसाे जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष ताराबहादुर कार्कीलाई  रु ५ लाख नगदसहित नियन्त्रणमा लिएको हो ।

जीतपुरस्थित जैसवाल मिष्ठान्न भण्डारबाट अख्तियारको टोलीले कार्कीलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रवक्ता गोविन्दप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार सेवाग्राहीसँग रकम लिएको आरोपमा कार्कीलाई नियन्त्रणमा लिइएको हो ।

सिमराका राजन उप्रेतीले आफूसँग घरबाटो सिफारिसका लागि रकम माग गरेपछि अख्तियारको सहयोग लिएको बताएका छन् । वडाध्यक्ष कार्कीले भने आफूलाई नियोजितरुपमा फसाएको प्रतिक्रिया दिएका छन् । कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *