
श्रेणी : मधेस
1.6kViews
1496
Shares
वीरगंज । पर्साकाे पोखरिया नगरपालिकामा जारि पांचाै मेयर कप २०८० क्रिकेट प्रतियाेगिता अन्तर्गत मंगलबार भएकाे तेस्राे खेलमा धाेबिनी गाउँपालिकालाई हराउँदै जगरनाथपुर गाउँपालिका विजयी भएकाे छ ।
सुरुमा ब्याटिङ गरेकाे जगरनाथपुरले पुरै २० ओभर खेल्दै ८ विकेटकाे नाेक्सानीमा १८७ रन बनाएकाे थियाे । त्यसपछि १८८ रनकाे लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेकाे धाेबिनीले १८.४ ओभर मै पुरै विकेट गुमाउँदै १३७ रन मै समेटिएपछि जगरनाथपुर ५१ रनले विजयी भएकाे हाे ।
पाेखरिया नगरपालिकाकाे वडा नं. ६ काे आयाेजनामा पाेखरियास्थित शेरा फिल्डमा भइरहेकाे प्रतियाेगिताकाे विजेता टिमले रु एक लाख र उप विजेता टिमले रु ५० हजार पुरस्कार पाउने आयाेजकले जनाएकाे छ ।
८ वटा पालिका स्तरिय टिम सहभागि रहेकाे प्रतियाेगिता अन्तर्गत बुधबार हुने चाैथाे खेल सखुवा प्रसाैनी गाउँपालिका र बहुदरमाई नगरपालिका बिच हुने छ । कालिका टाईम्स


प्रतिक्रिया