वीरगन्ज :

पाँच महिनामा जनावरको आक्रमणबाट ८३ को मृत्यु, सर्पदंशले ७० जनाको मृत्यु

श्रेणी : प्रदेश

3 months
Pradeep Sah
2.1kViews
1717 Shares

काठमाडौँ,२२ पुस । पछिल्ला पाँच महिनामा नेपालमा जनावरको आक्रमणका कारण ८३ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को श्रावणदेखि मंसिरसम्म जनावरका विभिन्न आक्रमणबाट ५९९ जना घाइते भएका छन्।

सबैभन्दा धेरै सर्पको टोकाइबाट ७० जनाको मृत्यु भएको छ, भने ५३२ जना घाइते भएका छन्। प्रहरीका अनुसार सर्पदंशका घटनामा २३६ जनाको उद्धार गरिएको छ।

अन्य घटनामा, हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु र १४ जना घाइते भएका छन्। बाघको आक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन्। त्यस्तै, गैँडाको आक्रमणले ४ जनाको मृत्यु र १४ जना घाइते बनाएको छ। भालुको आक्रमणबाट १५ जना घाइते भएका छन्।

नेपाल प्रहरीले उद्धार र उपचारमा सक्रिय भूमिका निभाउँदै २५६ जनाको उद्धारमा सहयोग पुर्‍याएको केन्द्रीय प्रहरी प्रवक्ता विश्व अधिकारीले जानकारी दिए। जनावरसँगको सहअस्तित्वका चुनौतीले जनजीवनलाई थप सतर्क रहनुपर्ने संकेत दिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *