वीरगन्ज :

पहिलो त्रैमासमा नेपालको GDP वृद्धिदर ३.४% मा खुम्चियो

श्रेणी : अर्थ

4 weeks
Pradeep Sah
2.3kViews
1394 Shares

काठमाडौं, २४ पुस । नेपालको कूल गार्हस्थ्य उत्पादन (GDP) वृद्धिदर चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३.४ प्रतिशतमा खुम्चिएको छ। यो गिरावट मुख्यतः असोजमा आएको बाढी र पहिरो र निर्माण क्षेत्रको नकारात्मक वृद्धिको कारण आएको हो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार, सरकारले चालु आर्थिक वर्षका लागि ६ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखे पनि पहिलो त्रैमासमा मात्र ३.४ प्रतिशतको वृद्धि सम्भव भएको हो। अर्थतन्त्रमा योगदान गर्ने १८ क्षेत्रमा १७ वटा क्षेत्रका वृद्धिदर धनात्मक भए पनि निर्माण क्षेत्र भने नकरात्मक रहेको छ ।

विद्युत् र ग्याससँग सम्बन्धित क्रियाकलापको वृद्धिदर सबैभन्दा बढी, २१.४ प्रतिशत रहेको छ भने यातायात र गोदाम क्षेत्रमा ६.७ प्रतिशतको वृद्धि देखिएको छ। साथै, आवास र भोजन सेवा, वित्तीय र बीमा, प्रशासनिक सेवा लगायतका क्षेत्रहरूमा पनि सकारात्मक वृद्धि अनुमान गरिएको छ ।

तर, निर्माण क्षेत्रको वृद्धिदर शून्य दशमलव तीन प्रतिशतले नकरात्मक रहेको छ, जसको मुख्य कारण निर्माणजन्य वस्तुको आयातमा आएको गिरावट रहेको छ ।

कृषि, वन र मत्स्य क्षेत्रले तीन प्रतिशतको वृद्धि हासिल गर्ने अनुमान गरिएको छ। धान लगायतका वर्खे बालीको उत्पादन र पशुपक्षीजन्य उत्पादनमा वृद्धि भएका कारण यस क्षेत्रको वृद्धिमा सकारात्मक प्रभाव परेको छ। तर, बाढी र पहिरोका कारण कृषि क्षेत्रको वृद्धि अपेक्षाअनुसार हुन सकेको छैन ।

थोक तथा खुद्रा व्यापार क्षेत्रको वृद्धि शून्य दशमलव पाँच प्रतिशत मात्र भएको छ भने औद्योगिक वस्तु उत्पादन क्षेत्र, शिक्षा क्षेत्र र स्वास्थ्य क्षेत्र पनि सकारात्मक वृद्धि देखिएको छ ।

आर्थिक वृद्धि मुख्यत: कृषि उत्पादन, विद्युत् उत्पादन र वितरण, पर्यटन आगमन र यातायात क्षेत्रबाट आएको छ। कार्यालयका अनुसार, यी क्षेत्रहरूको वृद्धि समग्र अर्थतन्त्रमा सकारात्मक वृद्धिको दिशामा लैजाने प्रमुख कारक हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *