वीरगन्ज :

पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु, १२ जना बेपत्ता

श्रेणी : समाचार

3 years
birgunj report
8Views
0 Shares


काठमाडौं, असोज १ गते ।
निरन्तर परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर अछाममा चारजनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।जिल्लाको कमलबजार नगरपालिका र तुर्माखाँद गाउँपालिकामा गरी ४ भन्दा बढी घर पहिरोले पुरिएको प्रहरीले जनाएको छ।कमलबजार ६ मा अहिलेसम्म पहिरोले पुरिएको ४ वटा शव निकालिएको अछाममा प्रहरी प्रमुख एवं डीएसपी नारायण डाँगीले थाहाखबरलाई जानकारी दिए।

यहाँ अन्य तीन जना बेपत्ता छन् भने ७ जनालाई जीवितै उद्धार गरिएको छ। तुर्माखाँद गाउँपालिका ५ मा पनि पहिरोमा परी ९ जना बेपत्ता भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै अछामकै ढकारी गाउँपालिकामा पनि पहिरोले क्षति पुगेको छ।तीनै स्थानीय तहको घटनास्थलमा उद्धारका लागि प्रहरी टोली खटिएको छ भने क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *