वीरगन्ज :

पहलगाम आतंकवादी आक्रमण: दोषीको सूचना दिने व्यक्तिलाई २० लाख भारु पुरस्कार

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.0kViews
1606 Shares

काठमाडौं,१२ वैशाख । जम्मू-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा हालै भएको भीषण आतंकवादी आक्रमणमा संलग्न तीनजनाको तस्बिर भारतीय प्रहरीले सार्वजनिक गरेको छ। उनीहरूको बारेमा सूचना दिने जो–कोहीलाई २० लाख भारतीय रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ।

भारतीय प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ती तीनजना मध्ये दुईजना पाकिस्तानी नागरिक हुन् र सबैजना चरमपन्थी संगठन लश्कर–ए–तैयबा (LeT)सँग आवद्ध रहेका छन्। प्रहरीका अनुसार, आक्रमणकारीहरूले अति आधुनिक हतियार, विशेषगरी एके–४७, प्रयोग गरी पर्यटकहरूमाथि अन्धाधुन्ध गोली चलाएका थिए।

यस आक्रमणमा परी कम्तीमा २६ जनाले ज्यान गुमाएका छन्, जसमा नेपालका बुटवल निवासी सुदीप न्यौपाने पनि परेका थिए। उनको मृत्युले नेपाली समुदायमा समेत शोकको वातावरण बनाएको छ।

यसअघि, भारतीय सुरक्षा एजेन्सीहरूले मुसा, युनुस र आसिफ नामक तीन आक्रमणकारीहरूको स्केच सार्वजनिक गरेका थिए। अब तस्बिरसहितको सूचना सार्वजनिक गर्दै आम नागरिकलाई ती व्यक्तिहरूको बारेमा जानकारी दिन आह्वान गरिएको छ।

भारतीय प्रहरीले एक्स (पूर्व ट्विटर) मार्फत ती आतंककारीहरूका तस्बिर पोस्ट गर्दै ‘सूचना दिने व्यक्तिको पहिचान गोप्य राखिनेछ र उसलाई २० लाख भारु पुरस्कार दिइनेछ’ भनेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *