वीरगन्ज :

पश्चिम नवलपरासीमा झडप उग्र : प्रहरीको गाडी जलाइयो

श्रेणी : BANNER

7 months
Pradeep Sah
2.0kViews
1991 Shares

परासी,१३ फाल्गुन । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलाशपुरमा दुई पक्षबिचको झडपले उग्र रूप लिँदा सर्वसाधारण र प्रहरी गरी २१ जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुई फरक समुदायका केटाकेटीको प्रेम विवाह सम्बन्धी विवाद बढ्दै जाँदा झडपको स्थिति आएको बताइएको छ । दुई पक्षबिचको झडपमा परी नेपाल प्रहरीका १२ जना, सशस्त्र प्रहरीका ४ जना र स्थानीयवासी ५ जना गरी २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

घाइते मध्ये पाल्हीनन्दन–३ का ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर छ। उनको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए । यस्तै सोही ठाउँका ४५ वर्षीय बैजनाथ लोहनी र मोहरम सवरियाको भैरहवामै उपचार भइरहेको छ । अन्य घाइतेको परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउन्ड अश्रु ग्यास र तीन राउन्ड हवाई फायर गरेको थियो । गाडीले ठक्कर दिएको विषयलाई लिएर आज बिहान करिब दश बजेको समयमा विवाद उत्कर्षमा पुगेको थियो । आक्रोशित केटा पक्षको समूहले सोही ठाउँमा रहेको मोहरमको कवाड गोदाम र प्रहरीको गाडी जलाएका छन् ।

स्थानीयले बलेको टायर फालेर प्रहरीको गाडी जलाउन थालेपछि प्रहरीले हवाई फायर गरेको थियो । आगजनीबाट इलाका प्रहरी कार्यालय महेशपुरको गाडी बा १ झ ७४४८ नम्बरको गाडी जलेर क्षति भएको प्रहरी निरीक्षक थापाले बताए । आगजनीमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *