वीरगन्ज :

पशुपतिको जलहरीबारे सत्यतथ्य जानकारी गराउन सांसद पौडेलको माग

श्रेणी : BANNER

2 years
birgunj report
34Views
0 Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीको विषय सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद देवेन्द्र पौडेलले जलहरीको विषयमा सदनलाई सत्यतथ्य जानकारी गराउन माग गरेका हुन् ।

उनले भने, ‘पशुपति क्षेत्र विकास कोष, सुनचाँदी नाप तौल, पुरातत्व विभाग, जनप्रतिनिधिले खोजी गरेको, तौल जोखेको भनेर सुनिन्छ । कति हराएको हो ? कति बाँकी छ ? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन । यो कुरा सत्यतथ्य सदनलाई जानकारी गराउन अनुरोध गर्न चाहन्छु ।’

यसअघि पनि संसदमा जलहरी प्रकरणको विषय उठान भएको थियो । त्यसबेला एमालेले संसद बैठक अवरुद्ध पारेको थियो । तर माओवादी सांसद लेखनाथ दाहालले संसदमा उठाएको विषय संसदको रेकर्डबाट हटाइएको थियो । महालेखाको प्रतिवेदनमा दश किलो सुन गायब भएको उल्लेख भएपछि यसबारे अख्तियारले अनुसन्धान सुरु गरेको छ । आइतबार अख्तियारको टोलीले जलहरीको तौल नापजाँच गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *