वीरगन्ज :

पर्सा–३ मा विकल्पहीन दाबी : भरोसाको केन्द्रमा रूपेश कुमार पाण्डे

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.0kViews
1703 Shares

वीरगञ्ज। नेकपा एमाले पर्सा जिल्लाले आयोजना गरेको बृहत् कार्यकर्ता भेलाले पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा चुनावी माहोल थप तातेको देखिएको छ। भेलामा सहभागी कार्यकर्ताबीच युवा उम्मेदवार रूपेश कुमार पाण्डेको सक्रिय उपस्थितिले उत्साह र ऊर्जा थपिएको एमाले नेताहरूले बताएका छन्।
भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले नेकपा एमालेविरुद्ध भइरहेको राजनीतिक गतिविधि र षड्यन्त्रलाई परास्त गर्न पार्टीभित्र एकता अपरिहार्य रहेको बताउनुभयो। उहाँले देशलाई राजनीतिक स्थायित्व, सुशासन र विकासतर्फ अघि बढाउन एमाले नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै पार्टीका उम्मेदवारलाई भारी मतका साथ विजयी गराउन कार्यकर्तालाई आग्रह गर्नुभयो।
जिल्ला अध्यक्ष विश्वम्भर शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा ‘बादल’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा हजारौँ नेता–कार्यकर्ताको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमकै अवसरमा जनता समाजवादी पार्टी (जसपा) लगायत विभिन्न दल परित्याग गरी उल्लेख्य सङ्ख्यामा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको दाबी गरिएको छ। यसले पर्सा क्षेत्रमा एमालेप्रतिको जनविश्वास थप सुदृढ भएको संकेत मिलेको नेताहरूको भनाइ छ।
प्रमुख अतिथि थापा ‘बादल’ले कार्यक्रममा बोल्दै योग्य, सक्षम र जनउत्तरदायी उम्मेदवार एमालेको बलियो आधार भएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टीले निर्णायक सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


2 minutes
Pradeep Sah