वीरगन्ज :

पर्सा–२ मा एमालेको जित रणनीति तीव्र, ओली–रिमा भेटले चुनावी अभियानमा नयाँ मोड

श्रेणी : BANNER

2 hours
Pradeep Sah
1.6kViews
1852 Shares

वीरगंज (पर्सा), ७ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की एमाले उम्मेदवार रिमा कुमारी यादवबीच राजधानी काठमाण्डौमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।
बिहीबार आयोजित चुनावी घोषणा सभा कार्यक्रमको क्रममा भएको भेटमा अध्यक्ष ओलीले पर्सा–२ मा भइरहेको चुनावी अभियानको अवस्था, मतदातासँगको सम्पर्क, तथा स्थानीयस्तरमा अपनाइएका रणनीतिबारे विस्तृत जानकारी लिएका थिए। उनले पार्टीको केन्द्रीय रणनीतिसँग समन्वय गर्दै अभियानलाई अझ सशक्त र परिणाममुखी बनाउन सुझावसमेत दिएका छन्।
भेटपछि उम्मेदवार यादवले केन्द्रीय नेतृत्वसँगको संवादले आफ्नो अभियानमा थप आत्मविश्वास र ऊर्जा प्राप्त भएको प्रतिक्रिया दिइन्। उनले पार्टीको एकीकृत नीति र नेतृत्वको मार्गदर्शनका आधारमा पर्सा–२ का मतदातामाझ विकास, सेवा र रोजगारी केन्द्रित एजेन्डा अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
“केन्द्रीय नेतृत्वको समर्थनले हाम्रो सन्देश जनतासम्म अझ स्पष्ट र मजबुत रूपमा पुग्नेछ,” यादवले भनिन्, “अबको प्राथमिकता प्रत्यक्ष जनसम्पर्कमार्फत पर्सा–२ का वास्तविक आवश्यकता सम्बोधन गर्नु हो।”
उक्त कार्यक्रममा एमालेका मधेश प्रदेश उपाध्यक्ष तथा समानुपातिक उम्मेदवार बिचारी यादवसहित पार्टीका विभिन्न तहका नेताहरूको पनि उपस्थिति रहेको थियो। सहभागी नेताहरूले रिमा यादवलाई आगामी निर्वाचनमा पूर्ण समर्थन रहने स्पष्ट पार्दै पर्सा–२ मा एमालेको जनआधार अझ फराकिलो बनाउने अठोट व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *