वीरगन्ज :

पर्सा–२ मा अशोक टेमानीको संवादमुखी घरदैलो : ‘नेता होइन, जनताको सेवक’ भन्ने प्रतिबद्धतासँगै मतदातामा नयाँ आशा

श्रेणी : मधेस

3 days
Pradeep Sah
2.6kViews
1481 Shares

वीरगंज (पर्सा), २४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अशोक टेमानीले चुनावी घरदैलो अभियानलाई जनसंवादको प्रभावकारी माध्यम बनाउँदै अघि बढाइरहेका छन्। चुनावी प्रचारको औपचारिकता तोड्दै उनले बहुदरमाई नगरपालिका वडा नं. २ सिसियारी–बैरियाका मतदातासँग घर–आँगनमै पुगेर प्रत्यक्ष संवाद गरेका छन्।घरदैलो अभियानका क्रममा टेमानीले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक, सिँचाइ तथा अन्य आधारभूत सेवासँग जोडिएका स्थानीय समस्याहरू ध्यानपूर्वक सुने। स्थानीयको सुझाव र गुनासोलाई संकलन गर्दै उनले निर्वाचित भएपछिमात्र होइन, नीति निर्माणकै चरणमा ती विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।“म नेता बन्न होइन, जनताको सेवक भएर काम गर्न आएको हुँ,” टेमानीले भने, “जवाफदेही र संवादमुखी राजनीति आजको आवश्यकता हो।”पछिल्ला एक सातादेखि टेमानी पर्सा–२ का विभिन्न स्थानीय तहमा निरन्तर जनसम्पर्कमा छन्। वीरगंज महानगरपालिकाका वडादेखि पर्सागढी र बहुदरमाई नगरपालिकाका गाउँ–टोलसम्म पुगेर उनी जनताको समस्या बुझ्ने र समाधानको आधार तयार गर्ने प्रयासमा जुटेका छन्। निर्वाचित भएपछि जनताबाट उठाइएका मुद्दा सम्बोधन गर्न सकिने स्पष्ट योजना र प्रतिबद्धताका साथ उनले घरदैलो अभियानलाई तीव्र बनाएका हुन्।


स्थानीयसँगको संवादमा टेमानीले मधेश र पर्साको दीर्घकालीन विकासका लागि स्पष्ट दृष्टिकोण आवश्यक रहेको औंल्याए। वीरगंजसहित पर्सा जिल्लालाई आर्थिक तथा औद्योगिक केन्द्रका रूपमा स्थापित गर्न संघीय तहमा बलियो र जिम्मेवार प्रतिनिधित्व अपरिहार्य रहेको उनको भनाइ थियो।
“जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्‍याउने प्रतिनिधि चाहिएको छ,” उनले जोड दिए।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय मतदाताले टेमानीको सरल व्यवहार, सहज पहुँच र निरन्तर सक्रियतालाई सकारात्मक रूपमा लिएका छन्। घरमै पुगेर उम्मेदवारसँग संवाद गर्न पाउँदा स्थानीय उत्साहित देखिएका थिए। उनीहरूले सडक र नाला व्यवस्थापन, शिक्षा–स्वास्थ्य सेवाको गुणस्तर, सिँचाइ सुविधा, मल–बीउको उपलब्धता तथा कृषिउपजको उचित मूल्य नपाएको गुनासो खुलस्त रूपमा राखेका थिए।
स्थानीयले उठाएका विषयलाई दीर्घकालीन समाधानतर्फ लैजान नीति निर्माणदेखि कार्यान्वयनसम्म सक्रिय भूमिका खेल्ने प्रतिबद्धता टेमानीले व्यक्त गरेका छन्। भाषणमुखी भन्दा संवादमुखी अभियानका कारण पर्सा–२ मा मतदाताबीच परिवर्तनको आशा पलाएको स्थानीयको प्रतिक्रिया छ।
विगतमा पटक–पटक निर्वाचित भएर सरकारमा पुगेकाहरूले जनहितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको गुनासो गर्दै यसपटक सचेत निर्णय गर्ने मनस्थितिमा आफूहरू रहेको स्थानीय मतदाताले बताएका छन्। यही जनभावनाका बीच टेमानीको घरदैलो अभियानले पर्सा क्षेत्र नं. २ मा नयाँ राजनीतिक अपेक्षा र उत्साह सिर्जना गरिरहेको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *