वीरगन्ज :

पर्सा राष्ट्रिय निकुञ्जमा मानव शरीरका टुक्रा फेला

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
2.6kViews
1310 Shares

बीरगन्ज,३१ जेठ । पर्सा राष्ट्रिय निकुञ्जभित्र एक रहस्यमय र भयावह घटना सार्वजनिक भएको छ। निकुञ्जको गहिरो जंगलमा मानव शरीरका विभिन्न अंगहरू फेला परेपछि प्रहरी अनुसन्धानमा जुटेको छ।

घटना जेठ ३० गते साँझ करिब ५ बजेतिर पर्सागढी नगरपालिका–१ अन्तर्गत भालु खोला फारलाइन क्षेत्रमा घटेको हो। जंगली जनावरहरूले पानी पिउने खाल्डोमा एक व्यक्तिको खुट्टा र दुईवटा हात फेला परेका छन्। त्यसै खाल्डोबाट करिब ३०० मिटर टाढा एउटा टाउकोको अस्थिपञ्जर पनि भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक प्रक्रिया अगाडि बढाएको छ। फेला परेका मानव अंगहरूलाई नारायणी अस्पताल वीरगन्जस्थित शवगृहमा राखिएको छ।

हालसम्म मृतकको पहिचान हुन सकेको छैन। प्रहरीले उक्त मृतकको सनाखतका लागि आम जनसमुदायलाई सहयोग गर्न अपिल गरेको छ। कुनै जानकारी भएमा जिल्ला प्रहरी कार्यालय पर्सामा सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रहरीले घटनाको प्रकृति अत्यन्तै संकास्पद रहेकाले अनुसन्धानलाई तीव्र बनाएको बताएको छ। घटनाको सम्बन्धमा विभिन्न कोणबाट छानबिन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *