श्रेणी : अर्थ
वीरगंज (पर्सा), २६ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले रु ३ करोड ९३ लाख ८८ हजार ६ यस ३१ बराबरको मालबस्तुहरू लोड रहेको ट्रकहरू पक्राउ गरि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएकाे छ ।
विशेष सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार सांझ ८:४० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.२५ लु १ ख ७५३२, ना ३ ख ५४९ नम्बरको मालबाहक ट्रकहरूलाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए .
उनका अनुसार विल विजक भन्दा बढीका कम्प्युटरको माउस र व्हिस्की मदिरा लगायतका मालबस्तुहरू लोड गरी वीरगंजबाट काठमाण्डौतर्फ लैजाँदै गरेको अवस्थामा खटिएको प्रहरी टोलीले उक्त मालबाहक ट्रकहरू नियन्त्रणमा लिएकाे थियाे । अन्दाजी मूल्य रु ३ करोड ९३ लाख ८८ हजार ६ सय ३१ बराबरका मालबस्तुहरू लाेड रहेकाे ट्रकहरु थप अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रवक्ता भारतीले जानकारी दिए ।
प्रतिक्रिया