वीरगन्ज :

पर्सा प्रहरीद्वारा एक विघा गाँजा खेती नष्ट

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.7kViews
1677 Shares

वीरगंज । पर्सा प्रहरीले गाँजा खेती फँडानी तथा नष्ट गर्ने अभियान सुरु गरेको छ । जिल्लामा लुकीछिपी अवैध रुपमा भइरहेको गाँजा खेतीलाई नष्ट गर्ने अभियान प्रहरीले सुरु गरेकाे हाे ।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा बुधबार पटेर्वा सुगौली गाउँपालिका वडा नं. २ थरकटी स्थितमा १ विघामा लगाइएकाे ७ हजार गाँजाकाे बाेट फडानी तथा नष्ट गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय पटेर्वासुगौली समेतबाट खटिएको २० जनाको संयुक्त प्रहरी टोलीले अवैधरूपमा लगाइएको गाँजाको बोट फडानी तथा नष्ट गरेकाे उनले वताए । साथै गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास गरी कानून बमोजिम कारवाही गरिने पनि प्रवक्ता भारतीले वताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *