श्रेणी : अर्थ
वीरगन्ज,२२ पुस । पर्सा प्रहरीले अवैध रूपमा भन्सार छलि गरि ल्याइएको चिनी नियन्त्रणमा लिएको छ। पर्सागढी नगरपालिका–१ मा प्रहरीले प्र.३-०३-००१ख ००८५ नम्बरको बसलाई रोकि जाँच गर्ने क्रममा उक्त चिनी फेला परेको हो।
प्रहरीका अनुसार बस रंगपुरबाट जितपुरतर्फ जाँदै गरेको थियो। जाँचको क्रममा भन्सार छलि गरी ल्याइएका पाँच बोरा चिनी फेला परेको र यसको बजार मूल्य करिब पच्चीस हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
उक्त चिनी सम्बन्धी कुनै पनि कागजात प्रस्तुत गर्न नसकेपछि प्रहरीले चिनी नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलीमा पठाएको छ।
जिल्ला प्रहरी कार्यालय, पर्साका अनुसार यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्न र अवैध सामानको ओसारपसार रोक्न कडा निगरानी बढाइएको छ।
प्रतिक्रिया