वीरगन्ज :

पर्सा निर्वाचन क्षेत्र नं १(ख) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को लोकप्रियता बढ्दै

पर्सा निर्वाचन क्षेत्र नं १(ख) मा प्रदेश सभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को लोकप्रियता बढ्दै

श्रेणी : BANNER

2 years
Pradeep Sah
9Views
0 Shares

बीरगंज, पर्सा

पर्सा निर्वाचन क्षेत्र नम्बर १ (ख) मा सत्तन गठबन्धनबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी को लोकप्रियता बढ्दै गएको छ।

निर्वाचन क्षेत्र नम्बर १ (ख) मा सत्तन गठबन्धनबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रामनारायण कुर्मी ले बिहीबार बीरगंज महानगरपालिका वडा नम्बर १२(मुर्लि) मा चुनावी घरदैलो गरेर मतदातासँग भेटघाट गरेका छन् ।

मतदातासंगको भेटघाटका क्रममा काँग्रेस उम्मेदवार कुर्मीले जनताले देखेको सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सहि मुल्यांकन गरेर मत दिन आग्रह गरे ।यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको पनि बताए ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै कुर्मीले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।कुर्मीले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन , धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ , त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

वडाबासीले पनि कुर्मी जस्तै जनप्रिय नेताले जित्नुपर्ने आशयका साथ कुर्मीलाई नै मतदान गर्ने प्रतिक्रिया दिएका थिए । कुर्मीसँगै घरदैलोमा नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता तथा बीरगंज महानगरपालिका वडा नं १२ का वडा बासी, नेपाली कांग्रेस का भातृ संगठन जस्तै नेबिसंघ,महिला संगठन का कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *