वीरगन्ज,०४ फाल्गुन । पर्सा जिल्ला अदालत परिसरमा लेखापढी व्यवसायीहरूले दुई हजार रुपैयाँको दस्तुरको विरोध गर्दै प्रदर्शन गरेका छन् ।
पर्सा जिल्ला अदालत बार एसोसिएसनले लेखापढी व्यवसायीको प्रमाण पत्र लिन दरखास्त दर्ता गर्न तथा आचार संहिता लगायतका विभिन्न कार्यक्रममा अभिमुखीकरण कार्यक्रम सञ्चालनका निमित्त तोकेको दुई हजार रुपैयाँ दस्तुरको विरोध गर्दै लेखापढी व्यवसायीहरूले प्रदर्शन गरेका हुन् ।
पर्सा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष कमल मोहन पोखरेलले एउटा सूचना जारी गर्दै लेखापढी व्यवसायीको प्रमाण पत्र लिनका निम्ति पर्सा जिल्ला अदालतमा दरखास्त दर्ता गराएका व्यक्तिहरूलाई प्रवेश पत्र वितरण गर्ने कार्यमा आज फागुन ४ गतेदेखि पर्सा बार एसोसिएसनको भवनबाट हुने जानकारी गराएका थिए ।
सोही सूचनामा उनले लेखापढी व्यवसायीको प्रमाण पत्र लिन दरखास्त दर्ता गर्ने सबैका लागि लेखापढी व्यवसायीले पालन गर्नु पर्ने आचार संहिता लगायतका विभिन्न कार्यक्रममा अभिमुखीकरण कार्यक्रम सञ्चालनका निमित्त सहभागिता स्वरूप दुई हजार रुपैयाँ तोकिएको जनाएका थिए ।
सोही दस्तुरको लेखापढी व्यवसायीहरूले विरोध गरेका हुन् ।
प्रतिक्रिया