
श्रेणी : मधेस
बीरगन्ज,०२ साउन । पर्सा जिल्ला अदालतले गत आर्थिक वर्षमा करिब ५७ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकका अनुसार गत आर्थिक वर्षमा अदालतले ५७ दशमलव २९ प्रतिशत मुद्दा फर्छ्यौट गरेको हो ।
अदालतमा अघिल्लो आवबाट जिम्मेवारी सरी आएका ६ हजार ९२, गत आवमा नयाँ दर्ता भएका ८ हजार २ सय ३९ गरी १४ हजार ३ सय ३१ मुद्दा रहेकामा ती मध्ये ७ हजार २ सय ३९ मुद्दा फर्छ्यौट भएको छ । अदालतको लक्ष्य ९ हजार ४ सय ९१ वटा मुद्दा फर्छ्यौट गर्ने थियो ।
गत आवमा २ वर्ष नाघेका १ हजार ८ सय ९ मध्ये ३ सय ३४ वटा मात्र मुद्दा अब फर्छ्यौट गर्न बाँकी रहेको छ । अदालतमा गत आवमा फरक मुद्दा व्यवस्थापन प्रणाली अन्तर्गतका सबै मुद्दा फर्छ्यौट गर्न सफलता मिलेको मल्लिकले बताए ।
तुलनात्मक रुपमा हेर्दा गत आर्थिक वर्षमा ५ वर्षयता सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएको मुख्य न्यायाधीश खनालले दाबी गरे ।
उनका अनुसार २०७६र०७७ मा ४० दशमलव २, ०७७र०७८ मा ४० दशमलव ४४, ०७८र०७९ मा ४६ दशमलव ०६, ०७९र०८० मा ४६ दशमलव ९६ र गत आवमा ५७ प्रतिशत २९ प्रतिशत मुद्दा आव भएको छ ।


प्रतिक्रिया