वीरगन्ज :

पर्सा क्षेत्र नं. १ बाट वनमन्त्री यादवको एकल नाम सिफारिस

पर्सा क्षेत्र नं. १ बाट वनमन्त्री यादवको एकल नाम सिफारिस

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

वीरगंज (पर्सा), १८ भदौ / जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि वन तथा वातावरण मन्त्री प्रदीप यादवको एकल नाम सिफारिस गरेको छ । शनिबार वीरगंजमा बसेको जसपा प्रतिनिधि सभा पर्सा क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकले सर्व सहमतिबाट २०७९ को प्रतिनिधि सभाको उम्मेदवारको लागि वनमन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । यादव २०७४ सालको निर्वाचनमा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन् ।
उनले संविधान सभा सदस्य एवम् नेपाली काङ्ग्रेस उम्मेदवार अनिल रुङ्गटा र संविधान सभा सदस्य तथा नेकपा एमालेका उम्मेदवार विचारी यादवलाई ठूलो मतान्तरले पराजित गरेका थिए । बैठकले क्षेत्र नम्बर १ को ‘ख’ बाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको नाम सिफारिस गरेको छ । राउत पनि २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन । त्यसैगरी बैठकले सो क्षेत्रबाट प्रतिनिधि सभाका लागी समानुपातिक तर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ । त्यसतै १ को ‘ख’ प्रदेश सभामा समानुपातिक तर्फ भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमा कुमारी सिंह क्षेत्री, राम दरश प्रसाद, सलाउदिन मियाँ अन्सारी, अयुब मियाँ, वीरेन्द्र यादव, लालदेव प्रसाद यादव, नुरुल होदा फकिर, ईश्वर चन्द्र यादव र श्याम बाबु प्रसाद चौरसियाको नाम सिफारिस भएको छ ।
क्षेत्रीय समितिको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य करिमा बेगम, जनार्दन यादव, समाजवादी मुस्लिम सङ्घका राष्ट्रिय अध्यक्ष मौलाना नुरुल होदा, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो । वीरगंज टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *