वीरगन्ज :

पर्सामा ९ लाखभन्दा बढीको तस्करीका सामान बरामद

श्रेणी : अपराध

2 months
Pradeep Sah
3.0kViews
1478 Shares

बीरगन्ज,२८ असार । सशस्त्र प्रहरीले पर्सा जिल्लामा सञ्चालन गरेको संयुक्त अपरेसनमा करिब ९ लाख ४७ हजार रुपैयाँ बराबरको तस्करीका लत्ताकपडा र किराना सामान बरामद गरेको छ।

शुक्रबार सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म बीरगन्ज र बीरगन्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बीरगन्ज महानगरपालिका–१० टाउनहल रोडस्थित बिकेसी इम्पेक्स नामक गोदाममा भारतबाट भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको कपडा फेला पारेको हो। बरामद कपडाको मूल्य छ लाख ५९ हजार ७ सय रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए।

त्यसैदिन, बीरगन्जको आदर्शनगर र छपकैयाबाट पनि भारतबाट गैरकानुनी रूपमा नेपालतर्फ ल्याउँदै गरिएको थप दुई लाख ७९ हजार एक सय पाँच रुपैयाँ बराबरको लत्ताकपडा र किरानाका सामान समेत बरामद गरिएको छ।

बरामद सबै सामानहरू बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ। सशस्त्र प्रहरीले तस्करीविरुद्ध निगरानी र नियन्त्रण कडा बनाइएको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *