वीरगन्ज :

पर्सामा ९८ प्रतिशत रोपाइँ सम्पन्न

श्रेणी : कृषि

2 months
Pradeep Sah
2.4kViews
1748 Shares

बीरगन्ज,०२ भदौ । पर्सा जिल्लामा यस वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।

केन्द्रका सूचना अधिकृत उमेश थापाका अनुसार जिल्लाका १४ वटै स्थानीय तहसँग समन्वय गरेर संकलन गरिएको तथ्यांकअनुसार करिब सम्पूर्ण रोपाइँ कार्य सम्पन्न भएको हो । “सबै पालिकाका कृषि शाखासँग समन्वय गरेर तथ्यांक लिँदा औसतमा ९८ प्रतिशत रोपाइँ भएको देखियो,” थापाले बताए ।

अहिले रोपाइँ बाँकी रहेको प्रमुख क्षेत्र भने वीरगन्ज महानगरपालिका र सखुवाप्रसौनी गाउँपालिका मात्र रहेको छ । वीरगन्जमा करिब डेढ प्रतिशत र सखुवाप्रसौनीमा पनि सोही हाराहारीमा रोपाइँ भइरहेको केन्द्रले जनाएको छ । अन्य पालिकामा थोरै मात्र रोपाइँ अधुरो छ ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष करिब ३९ देखि ४० हजार हेक्टर जमिनमा बर्खे धान खेती गरिएको छ । गत वर्ष पनि यस्तै क्षेत्रफलमा धान लगाइएको थियो ।

धान पर्साको प्रमुख बाली मानिन्छ र जिल्लाका सबै १४ स्थानीय तहमा यसको खेती हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *