वीरगन्ज :

पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न

श्रेणी : कृषि

7 months
Pradeep Sah
3.2kViews
1349 Shares

बीरगन्ज,२१ साउन – पछिल्ला केही दिनयताको निरन्तर वर्षाले पर्साका किसानको अनुहारमा खुसी छाएको छ। खेतमा पानी नपुग्दा रोपाइँ ढिलो भइरहेको बेला अविरल वर्षापछि जिल्लाभर रोपाइँको गति तीव्र बनेको हो।

कृषि ज्ञान केन्द्र, पर्साका अनुसार हालसम्म औसतमा ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ। केन्द्रका प्रमुख रामजीवन ठाकुरका अनुसार कतिपय स्थानीय तहमा रोपाइँ ९२ देखि ९४ प्रतिशतसम्म पुगेको छ।

यद्यपि तुलनात्मक रूपमा वीरगंज महानगर क्षेत्रमा रोपाइँको प्रतिशत केही कम देखिएको छ। ठाकुरका अनुसार, “सिँचाइको समस्या भएकाले केही ढिलो भएको हो। तर किसानहरू बोरिङ लगायत आफ्नै स्रोत–साधन प्रयोग गरी तीव्र रूपमा रोपाइँ गरिरहेका छन्। यसै साताभित्र शतप्रतिशत रोपाइँ सम्पन्न हुने अपेक्षा छ।”

पर्सामा यस वर्ष ३९ हजारदेखि ४० हजार हेक्टर क्षेत्रफलमा बर्षे धान खेती हुने अनुमान गरिएको छ। गत वर्ष पनि लगभग यही क्षेत्रफलमा रोपाइँ भएको थियो।

धान जिल्लाको मुख्य बाली हो, र १४ वटै स्थानीय तहमा प्रमुख बालीको रूपमा यसैको खेती गरिन्छ। अझै केही दिन वर्षा निरन्तर हुने सम्भावना भएकाले धान उत्पादनमा उल्लेखनीय गिरावट नहुने कृषि अधिकारीहरूको अनुमान छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *