वीरगन्ज :

पर्सामा हैजाको प्रकोप ९ दिनमा ३६८ बिरामी अस्पतालमा

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.6kViews
1606 Shares

बीरगन्ज,१५ भदौ । पर्सा जिल्लामा हैजाको प्रकोप तीव्र बनेको छ। वीरगञ्ज महानगरपालिका र आसपासका क्षेत्रबाट मात्रै पछिल्ला सात दिनमा ३६८ जना हैजा तथा हैजा आशंकित बिरामी उपचारका लागि नारायणी अस्पतालमा पुगेका छन्।

नारायणी अस्पतालका अनुसार, साउन ६ गतेदेखि १४ गतेसम्म भर्ना भएका बिरामीमध्ये ३१२ जना उपचारपछि घर फर्किएका छन् भने ५६ जना अझै उपचाररत छन्। तीमध्ये तीन जनाको अवस्था गम्भीर छ र उनीहरू आइसोलेसन कक्षमा राखिएका छन्।

अस्पतालका तथ्याङ्कअनुसार साउन ६ गते ९ जना,७ गते ४१ जना, ८ गते ३६ जना ,९ गते ५१ जना ,१० गते ५४ जना,११ गते ५१ जना ,१२ गते ५० जना ,१३ गते ४३ जना ,१४ गते ३३ जना  बिरामी अस्पताल पुगेका थिए।

अस्पतालमा गरिएको Cholera RDT परीक्षणमा १४५ जनामध्ये ५६ जनामा हैजा पुष्टि भएको छ। पुष्टि भएका नमुनामध्ये १५ नमुना काठमाण्डौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउँदा १२ नमुनामा Vibrio cholera O1 serotype Ogawa पुष्टि भएको छ।

विगत केही दिनयता लगातार बिरामी बढेपछि अस्पतालले आइसोलेसन वार्ड, इमरजेन्सी र इन्फेक्सन विभागमार्फत उपचार गराउँदै आएको छ। वीरगञ्ज महानगरपालिका, पर्सा जिल्ला स्वास्थ्य कार्यालय र प्रदेश सरकारको समन्वयमा व्यवस्थापन भइरहेको अस्पतालले जनाएको छ।

अस्पतालले स्वच्छ खानेपानी प्रयोग गर्न, खानपानमा विशेष ध्यान दिन र आवश्यक परेमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *