
श्रेणी : अपराध
बीरगन्ज,३१ वैशाख । सशस्त्र प्रहरीले पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौल क्षेत्रबाट भन्सार छलि भारतबाट ल्याइएको पाँच लाखभन्दा बढी मूल्यको तस्करीको सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म, अलौबाट खटिएको टोलीले मंगलबार ना १८ प ८२७२ नम्बरको मोटरसाइकलमा लुकाइछिपाई ल्याइएका विभिन्न कपडाका सामाग्रीहरू बरामद गरेको हो। बरामद सामानको अनुमानित मूल्य पाँच लाख एक हजार चार सय रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए।
तस्करीको मालसामान पोखरियातर्फ लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले बरामद सामग्री र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।


प्रतिक्रिया