वीरगन्ज :

पर्सामा श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ

श्रेणी : BANNER

7 months
Pradeep Sah
2.9kViews
1174 Shares

बीरगन्ज,१८ । पर्साको जिराभवानी गाउँपालिका–५ शंकरसरैया मुसहर टोलमा श्रीमतीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन्। २४ वर्षीया अस्पतलिया देवीको कुटपिटका कारण ज्यान गएको पुष्टि भएपछि उनका श्रीमान् जितन माझीलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, पति–पत्नीबीच विवाद भएपछि जितनले कुटपिट गरेका थिए। घटनास्थलमै अस्पतलियाको मृत्यु भएको पुष्टि गरिएको छ।

जितन माझीलाई नियन्त्रणमा लिएर अहिले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

घटनाले घरेलु हिंसाको दुखद रुप फेरि एकपटक उजागर गरिदिएको छ। स्थानीय समुदायले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *