वीरगन्ज :

पर्सामा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि तीन महिने सचेतना अभियान सुरु

श्रेणी : मधेस

3 days
Pradeep Sah
2.7kViews
1407 Shares

वीरगन्ज,२७ चैत । पर्सामा आजदेखि लागूऔषध दुर्व्यसनी रोकथाम र नियन्त्रण सम्बन्धी तीन महिने सचेतनामूलक अभियान औपचारिक रूपमा सुरु भएको छ। यस अभियानको नेतृत्व जिल्ला प्रशासन कार्यालय पर्साले गरेको हो र यसमा स्थानीय प्रशासन, प्रहरी कार्यालय, र पर्सा जिल्लाका १४ वटै स्थानीय तहहरूको सक्रिय सहभागिता सुनिश्चित गरिएको छ।

अभियानको उद्घाटन वीरगन्ज स्थित पूजन होटेलमा एक विशेष समारोहमा भएको हो, जसमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले पानसमा बत्ती बालेर उद्घाटन गरे। यस अभियानको मुख्य उद्देश्य पर्सा जिल्लालाई लागूऔषधको चपेटाबाट मुक्त गर्नु हो। तीन महिनासम्म जिल्ला भरिका विभिन्न समुदाय र विद्यालयहरूमा यसबारे सचेतना कार्यक्रमहरू सञ्चालन गरिने छन्।

अभियानका प्रमुख अतिथिले लागूऔषधको सेवन र ओसारपसारको समस्या विशेष गरी सीमावर्ती क्षेत्रहरूमा जटिल भएकोमा चिन्ता व्यक्त गरे। मेयर सिंहले भारतसँगको खुला सिमानाले यस समस्यामा थप चुनौती ल्याएको उल्लेख गर्दै, सबै पक्ष मिलेर कार्य गर्ने आवश्यकता रहेको बताएका छन्।

यस अभियानको प्रभावकारिता मूल्याङ्कनपछि आवश्यक रणनीति तयार गरिने आयोजकहरूले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *