
श्रेणी : मधेस
बीरगन्ज,२९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सामा दुई क्षेत्रका सभापति चयन भएका छन्। क्षेत्र नम्बर १ मा रामसुन्दर आर्य र क्षेत्र नम्बर २ मा फैयाज मियाँ सर्वसम्मत रूपमा सभापति बनेका हुन्।
बुधबार बीरगन्ज–९ स्थित गेट वे होटलमा आयोजित भेलाले दुवै क्षेत्रीय नेतृत्व चयन गरेको हो।
क्षेत्र नम्बर १ मा आर्यको नेतृत्वमा बनेको ७ सदस्यीय समितिमा उपसभापतिमा पम्फा गिरी र श्यामबाबु गुप्ता, सचिवमा कासिम मियाँ, सदस्यहरूमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ छन्।
त्यसैगरी, क्षेत्र नम्बर २ मा मियाँको नेतृत्वमा बनेको समितिमा उपसभापतिमा परितोश द्विबेदी र शान्ति ढकाल, सचिवमा किशन साह, सदस्यमा विजय यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय रहेका छन्।
कार्यक्रममा रास्वपा पर्साका अध्यक्ष हरि पन्तले जिल्लाका शिक्षित र बौद्धिक वर्ग पार्टीतर्फ आकर्षित भइरहेकाे बताए। उनले बाँकी क्षेत्रहरूमा पनि छिट्टै क्षेत्रीय समिति गठन गर्ने जानकारी दिए।
भेलामा केन्द्रीय सदस्य नन्दन यादव, नेतृ तुल्सा पौडेल, प्रदेश सदस्य शम्भु कँडेल, मधेस प्रदेश संगठन उपप्रमुख प्रमोद रायमाझी, जिल्ला सदस्य सुदीश प्रजापति लगायतको उपस्थिति थियो।


प्रतिक्रिया