श्रेणी :
मधेस
बीरगन्ज,२७ पुस । पर्साको जिराभवानी गाउँपालिका–१, जगतिया चौकमा मोटरसाइकलको ठक्करले ७० वर्षीय बाबुलाल राय यादव गम्भीर घाइते भएका छन्। बीरगन्जतर्फ जाँदै गरेको ग ४ प ३५८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा यादवको दाहिने खुटा भाँचिएको छ।
घाइते यादवलाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा लगिएको छ।
दुर्घटनापछि मोटरसाइकल चालक र त्यसमा सवार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सखुवा प्रसौनी गाउँपालिका–२ का १७ वर्षीय साहिल चौधरी, १७ वर्षीय राहुल भैया थारु, र १६ वर्षीय विक्की चौधरी रहेका छन्।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका निरीक्षक प्रकाश थापाका अनुसार पक्राउ परेकाहरूमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ। प्रहरी सहायक निरीक्षक विनोद साह कलावारले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
प्रतिक्रिया