श्रेणी : मधेस
      2.2kViews
      
      
      1456
      Shares
      
      
बीरगन्ज,०८ वैशाख । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालक घाइते भएका छन्।
सोमबार बिहान जगरनाथपुर गाउँपालिका–२, पाण्डेपुरस्थित सडकमा ग ५ प ८३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा जिराभवानी गाउँपालिका–२ निवासी ३० वर्षीय बिहारी राम गम्भीर घाइते भएका थिए।
उनीलाई तत्काल उपचारका लागि बारास्थित एलएस न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। हाल उनको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण र विस्तृत विवरणबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया