वीरगन्ज :

पर्सामा मोटरसाइकल चोरी बढ्दा २६३ मध्ये १८ मात्रै फेला परे

श्रेणी : अपराध

3 weeks
Pradeep Sah
2.5kViews
1379 Shares

बीरगन्ज,२४ जेठ । पर्सामा मोटरसाइकल चोरीका घटना तीव्र रुपमा बढिरहेका छन्। प्रहरीका अनुसार चोरीका धेरै घटनामा व्यवस्थित गिरोह संलग्न छन्, जो समूह बनाएर मोटरसाइकल पार्किङ क्षेत्र, सवारीधनी र घरघरका बारेमा पूर्वजानकारी लिएर चोरी गर्ने गर्छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभयो कि विगत आर्थिक वर्ष २०७९/८० मा कुल २६३ वटा मोटरसाइकल चोरी भएका थिए, जसमा मात्र १३ वटा फेला परेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ का १० महिनामा १५१ वटा मोटरसाइकल चोरी भएका छन्, तर प्रहरीले पाँचवटा मात्र फेला पारेको छ।

प्रहरीले भने अनुसार मोटरसाइकल चोरीका सूचना दिनेलाई नजरअन्दाज गर्न सकिँदैन तर जाहेरी गर्नेको संख्या निकै कम रहेको छ। चोरी हुने अधिकांश मोटरसाइकल घर तथा बजार क्षेत्रमा पार्किङ गरिएको स्थानबाट नै हराइरहेको देखिन्छ।

प्रहरीका अनुसार चोरी गरिएका मोटरसाइकल अधिकांश सीमावर्ती क्षेत्रमा पर्ने भारतीय शहरतर्फ छिट्टै लैजाने गरिन्छ, जसले पक्राउ गर्न थप चुनौती थपेको छ। वीरगन्जको सिसिटिभी फुटेजमा चोरी भएका मोटरसाइकल केही मिनेटमै सीमावर्ती भारतीय सहर प्रवेश गरेको दृश्य कैद भएको छ।

प्रहरीले चोरीका मोटरसाइकल फेला परेको खण्डमा सवारीधनीलाई सोझै फिर्ता गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले मोटरसाइकल चोरी नियन्त्रणका लागि थप कडा कदम चाल्ने योजना बनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *