वीरगन्ज :

पर्सामा मानव बेचबिखन संलग्न रहेको एक युवक नियन्त्रणमा

श्रेणी : BANNER

4 months
Pradeep Sah
2.5kViews
1668 Shares

बीरगन्ज,२५ वैशाख । मानव बेचबिखनको प्रयासमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले धादिङका एक युवकलाई नियन्त्रणमा लिएको छ। वीरगन्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेट नजिकैबाट उनलाई गत वैशाख २२ गते साँझ पक्राउ गरिएको हो।

पक्राउ परेका युवक २४ वर्षीय रोजन भुजेल धादिङको गल्छी गाउँपालिका–२ का हुन्। प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेका दुई युवतीलाई शंका लागेपछि रोकी सोधपुछ गरेको थियो। आफन्त तथा नेपालका सम्बन्धित निकायका प्रतिनिधिको उपस्थितिमा गरिएको प्रारम्भिक सोधपुछपछि घटनामा गम्भीर शंका लागेपछि भुजेललाई जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान थालिएको हो।

पर्सा प्रहरीले दिएको जानकारीअनुसार भुजेलले ती युवतीहरूलाई हेटौंडा र बीरगन्जका कपडा उद्योगमा राम्रो तलब हुने काम लगाइदिने भन्दै भारत लैजाँदै थिए। तर अनुसन्धानले देखाएको तथ्यअनुसार, जागिरको झूटो प्रलोभन देखाई युवतीहरूलाई बेचबिखन गर्ने योजनासहित लैजाँदै गरिएको पुष्टि भएको छ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको कसूरमा भुजेलविरुद्ध पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *