वीरगन्ज :

पर्सामा मल वितरणमा कडाइ, वास्तविक किसानलाई मात्र आपूर्ति

श्रेणी : कृषि

5 months
Pradeep Sah
2.9kViews
1215 Shares

बीरगन्ज,२६ साउन । पर्सा जिल्लामा मल वितरण प्रणाली सुधार गर्न प्रशासनले कडा कदम चालेको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले सहकारी संस्थाहरूलाई अनुदानमा पाएको मल केवल वास्तविक किसानलाई मात्र दिन निर्देशन दिएका छन्। किसान बाहेक अरूलाई बिक्री गरेको प्रमाणित भएमा सम्बन्धित सहकारीमाथि तत्काल कारबाही हुने चेतावनी उनले दिएका छन्।

लामो समयदेखि किसानहरूले सहकारीमार्फत मल पाउन कठिनाइ भएको, उल्टै एग्रोभेटमार्फत महँगोमा बिक्री हुने गुनासो बढेपछि यो निर्णय गरिएको हो। प्रजिअ अर्यालले मल वितरणमा अनुगमन नियमित गर्ने र अनियमिततामा संलग्नलाई बिनाअपवाद कारबाही गर्ने बताए।

हाल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गर्ने मल सहकारी तथा डिलरमार्फत वितरण हुँदै आएको छ। तर पर्सामा मागको करिब ६० प्रतिशत मात्र मल आपूर्ति हुने भएकाले वितरणमा अझै दबाब देखिएको छ।

बैठकमा सहकारीका प्रतिनिधिहरूले माग अनुसार मल नपाउनु, सीमित आपूर्ति हुँदा राजनीतिक दबाब र ट्राफिक प्रहरीद्वारा मल ढुवानीमा अवरोधजस्ता समस्याहरूबारे पनि आवाज उठाए। सम्बन्धित निकायले यस्ता समस्या समाधानका लागि तत्काल कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *