वीरगन्ज :

पर्सामा बाघको आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

श्रेणी : मधेस

5 months
Pradeep Sah
1.7kViews
1825 Shares

बीरगन्ज, २७ माघ । पर्सामा शनिबार बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन्। घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मकवानी गाउँकी ३५ वर्षीया चाँदनी देवी रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ।

शनिबार दिउँसो गाउँ नजिकैको सात बिघा भन्ने स्थानमा घाँस काट्न गएकी चाँदनी देवीलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो। बाघको झम्टाइबाट उनको बाँया हात र पाखुरामा गम्भीर चोट लागेको छ।

घाइते चाँदनी देवीको बीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

घटनाबारे बताउँदै चाँदनी देवीले घाँस काटिरहेका बेला अचानक बाघले आक्रमण गरेको र गाउँलेहरूको होहल्लापछि बाघ जंगलतर्फ भागेको जानकारी दिएको थापाले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *