वीरगन्ज :

पर्सामा ट्राफिक सप्ताहको तेस्रो दिन सडक सुरक्षा सन्देशसहित जनचेतनामूलक कार्यक्रम

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.8kViews
1947 Shares

बीरगन्ज,२४ जेठ । ट्राफिक नियमको पालनालाई प्रवर्द्धन गर्दै पर्सा जिल्लामा जारी ‘ट्राफिक सप्ताह–२०८२’ को तेस्रो दिन पनि जनचेतनामूलक कार्यक्रमहरू प्रभावकारी रूपमा सम्पन्न भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा वीरगंजका विभिन्न ठाउँमा ट्राफिक सचेतना अभियान चलाइएको हो। बसपार्कस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा ‘साप्ताहिक जेब्रा क्रसिङ, बाटो र सडक पेटी’ अभियान अन्तर्गत सडक प्रयोगकर्तालाई ट्राफिक पर्चा र सचेतनामूलक सामग्री वितरण गरियो।

मिलन चोकमा ट्राफिक प्रहरी निरीक्षक गुननिधि खकुरेलको नेतृत्वमा जागरूकता अभियान सञ्चालन गरियो। त्यहाँ ट्राफिक नियमको महत्त्वबारे पैदल यात्री, चालक र यात्रुहरूलाई प्रत्यक्ष संवादमार्फत जानकारी दिइयो।

सप्ताहको समन्वय जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गरिरहेका छन्। उनका अनुसार वीरगंजको गण्डक, बसपार्क लगायतका क्षेत्रमा सचेतनामूलक स्टिकर टाँस्ने, पर्चा वितरण गर्ने र व्यवहारिक ट्राफिक ज्ञान प्रदान गर्ने काम गरिएको छ।

प्रहरी निरीक्षक भट्टले ट्राफिक सप्ताहलाई नागरिक सहभागिता र सहकार्यमा आधारित सुरक्षित र अनुशासित यातायात प्रणाली विकासको अवसरको रूपमा लिइएको जानकारी दिए। उनका अनुसार आगामी दिनहरूमा वीरगंजका थप क्षेत्रमा सडक सुरक्षा अभिवृद्धिका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ।

सप्ताहभरि सञ्चालन हुने यस्ता कार्यक्रमले सडक दुर्घटना न्यूनिकरण र जिम्मेवार सवारी संस्कार निर्माणमा सहयोग पुर्‍याउने विश्वास प्रहरीले व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *