वीरगन्ज :

पर्सामा जनमत पार्टीप्रति आकर्षण बढ्दो

श्रेणी : मधेस

3 months
Pradeep Sah
1.7kViews
1350 Shares

बीरगन्ज,२१ जेठ । समाजका विभिन्न वर्गमा जनमत पार्टीको प्रभाव दिनप्रतिदिन बढिरहेको संकेत पछिल्ला घटनाक्रमबाट देखिन थालेको छ। यसै क्रममा पर्सा जिल्लामा उल्लेखनीय संख्यामा महिला उद्यमी र सामाजिक अभियन्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।

पर्सा जिल्ला पार्टी कार्यालयमा आयोजित विशेष कार्यक्रममा अनिता महतो, लालमुनी महतो, पूजा कुमारी साह, इन्दु देवी, बबिता देवी, सुदामा देवी, अर्चना चौधरी, रोमा चौधरी र सुगन्धी देवीजस्ता सक्रिय र अगुवाहरूले जनमत पार्टीको सदस्यता ग्रहण गरे।

उनीहरूलाई पार्टीमा स्वागत गर्न जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, केन्द्रीय सदस्य रम्भा मिश्रा, वीरगन्ज महानगर अध्यक्ष महादेव शर्मा, महिला जिल्ला अध्यक्ष अञ्जना गुप्ता लगायतका नेताहरू उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सर्राफले जनमत पार्टी सबै समुदाय, जाति र वर्गलाई समेट्ने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गर्दै महिलाहरूको बढ्दो सहभागिताले पार्टीको संगठनात्मक बल अझ सुदृढ हुने विश्वास व्यक्त गरे।

पार्टीका अन्य नेताहरू— क्षेत्र नं. १ का अध्यक्ष गगनदेव यादव, महानगर उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, युवा अध्यक्ष संजय सिंह, जिल्ला सदस्य नागेन्द्र यादव र नेता नितम गिरीको उपस्थिति पनि कार्यक्रममा देखिन्थ्यो।

अध्यक्ष सर्राफका अनुसार पार्टीले वीरगन्ज क्षेत्रका सामाजिक अभियन्ता र युवाहरूको नेतृत्वमा विभिन्न प्रवेश कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। यसले पर्सामा जनमत पार्टीको सांगठनिक आधारलाई थप मजबुत बनाउँदै मधेश प्रदेशमा पार्टीलाई प्रमुख शक्ति बनाउने लक्ष्य रहेको सर्राफको दाबी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *