श्रेणी : मधेस
      2.4kViews
      
      
      1694
      Shares
      
      
बीरगन्ज,१४ जेठ । पर्साको सितलपुर जंगलमा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। घटनामा मकवानपुर मनहरी गाउँपालिका–२ का ४५ वर्षीय श्याम बहादुर भुलनले ज्यान गुमाएका हुन्।
जेठ ९ गते श्याम बहादुर आफ्ना साथीहरू भक्त बहादुर आले र श्रवण भुलनसहित कुरिलो खन्न जंगल गएका थिए। त्यही क्रममा अचानक आएको जंगली हात्तीको आक्रमणमा परेर श्यामको घटनास्थलमै मृत्यु भएको हो।
उनका साथीहरू भने ज्यान जोगाएर भाग्न सफल भएका छन्। पर्सा प्रहरीका डिएसपी किशोर लम्सालका अनुसार घटनापछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि नारायणी अस्पताल बीरगन्ज पठाइएको छ।
    
    
    
									
									
									
									
									
									
        
        
प्रतिक्रिया