
श्रेणी : मधेस
बीरगन्ज,०१ साउन । पर्सा जिल्लाको वीरगन्ज, श्रीपुरमा छ वटा कम्युनिस्ट पार्टीहरूको बैठक सम्पन्न भएको छ। बैठकले जिल्लास्थरमा कम्युनिस्ट पार्टीहरूको बृहत् विकास, मोर्चाबन्दी र सहकार्यका लागि सहमति जुटाएको छ।
नेकपा (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामदरश कुशवाहा, राष्ट्रिय जनमोर्चाका अच्छेलाल साह, नेपाल मजदुर किसान पार्टीका सरोज साह, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका धनबहादुर श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका फिरोज सिको सहभागी थिए।
बैठकमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा साझा धारणा बनाउने र एकअर्काबीच हातेमालो गर्दै अगाडि बढ्ने वातावरण तयार गर्न सहमति जुटेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आगामी आइतबार पुनः बैठक बसेर आगामी कार्यक्रम र साझा एजेन्डाहरू तय गरिनेछ।


प्रतिक्रिया