वीरगन्ज :

पर्सामा एसपी ढुङ्गेल आउँदै

श्रेणी : BANNER

1 year
Pradeep Sah
3.5kViews
1509 Shares

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाहको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले मङ्गलवार ७८ जना प्रहरी उपरीक्षकहरूको एकसाथ सरुवा गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक शाहको पनि सरुवा भएको हो ।

विगत एक वर्षदेखि पर्सामा कार्यरत शाहको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा नक्साल काठमाडौँमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले मङ्गलवार जारी गरेको सरुवाको सूचनामा उल्लेख छ ।

यस्तै पर्सामा शाहको ठाउँमा अब प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल आउने भएका छन् । हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी उपरीक्षक ढुङ्गेललाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा गरेको हो ।

कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *