
श्रेणी : अपराध
बीरगन्ज,०३ साउन । पर्सामा सशस्त्र प्रहरीले एक वर्षमा झण्डै २९ करोड रुपैयाँ बराबरको तस्करीको ९भन्सार राजस्व छलेर भित्र्याइएको० सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले बीरगन्ज नाकासहित पर्साका विभिन्न स्थानबाट गत आर्थिक वर्ष २०८१र८२ मा भारतबाट भन्सार राजस्व छलेर भित्र्याइएका कपडा, हार्डवेयर, मोटर पार्टस्, औषधि लगायतका गरी २८ करोड ९२ लाख ५० हजार १९९ रुपैयाँ बराबरका सामान बरामद गरेको हो।
गत आर्थिक वर्षमा सबै भन्दा बढी भदौमा ३ करोड ५६ लाख ६४ हजार रुपैयाँको र सबैभन्दा कम १ करोड ५५ लाख ३ हजार रुपैयाँ बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादु्र सिंहले जानकारी दिए।
गत आर्थिक वर्षमा बरामद गरिएका सामानमध्ये ११ करोड ९९ लाख ४७ हजार रुपैयाँ बराबरको सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा र बाँकी सामान बीरगन्ज भन्सार कार्यालयमा बुझाइएको सिंहले बताए।
यस्तै गत आर्थिक वर्षमा पर्सामा सशस्त्र प्रहरीले श्रोत नखुलेको अर्थात हुण्डीको १ करोड १५ लाख ९० हजार २२ रुपैयाँसहित त्यसमा संलग्न २१ जनालाई पक्राउपनि गरेको सिंहले जानकारी दिए। उनका अनुसार गत एक वर्षमा पर्साका विभिन स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध गाँजा ४२३ केजी, चरेस ३९ केजी, खैरो हेरोइन ३.२ ग्राम, ट्रामाडोल २ लाख २३ हजार ३९० पिस, नाइट्रोभेट ६ हजार ८७६ पिस बरामद गरेको छ।
यस्तै गत एक वर्षमा सशस्त्र प्रहरीले पर्साका विभिन्न स्थानमा गरी १६ बिघा ५ कट्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको सिंहले जानकारी दिए।


प्रतिक्रिया