वीरगन्ज :

पर्सामा एक महिनामै ५५ जना फरार प्रतिवादी पक्राउ

श्रेणी : अपराध

7 hours
Pradeep Sah
2.5kViews
1759 Shares

बीरगन्ज,०६ वैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट दोषी ठहर भई फरार रहेका ५५ जना प्रतिवादीलाई एक महिनाको अवधिमा पक्राउ गरेको छ।

२०७८ चैत १ गतेदेखि ३१ गतेसम्म विशेष निगरानी, सूचनाको विश्लेषण र गुप्त अभियानमार्फत ती प्रतिवादीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास भट्टले जानकारी दिए।

डीएसपी भट्टका अनुसार बलात्कार, चोरी, ठगी, कुटपिट, लागुऔषध कारोबार र अवैध हतियारजस्ता गम्भीर अपराधमा संलग्न रहेर फरार रहेका व्यक्तिहरू विभिन्न स्थानमा लुकीछिपी बसिरहेको सूचनाको आधारमा पक्राउ परेका हुन्।

पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत पर्सामा बुझाइएको प्रहरीले जनाएको छ। साथै, फरार प्रतिवादी विरुद्धको निगरानी र खोजी अभियान अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *