
श्रेणी : मधेस
शैलेश गुप्ता /
पोखरिया । पर्साको पोखरिया नगरपालीका वडा नम्बर ४ मा रहेको जिल्ला उचाँगल रामदेव कलवार माद्यमिक विद्यालय पोखरियामा अध्ययनरत ८ जना बिधार्थीहरु अत्याधिक गर्मीका कारण कक्षा कोठा मै बेहोस भएका छन् ।
बेहोस हुनेमा कक्षा ७ मा अध्ययनरत सोनु ठाकुर र लालसा कुमारी यादव, कक्षा ९ मा अध्यनरत नेहा कुमारी, मनिता कुमारी यादव, अन्तिमा कुमारी राम, चन्दा कुमारी ठाकुर, निसमा कुशवाहा, साजदा खातुन रहेका छन । बेहोस भएका विद्यार्थीहरुकाे उपचार पोखरिया अस्पतालमा गरिएकाे थियाे ।
विद्यालयमा गर्मीका विद्यार्थीहरु बेहाेस हुन थालेपछि पोखरिया नगरपालीकाले विहानकाे समयमा विद्यालय संचालन गर्न निर्देशन दिएकाे छ ।
नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तवले एक सूचना जारी गर्दै असाेज ८ गते मंगलबारदेखि ११ गते सम्म सम्पूर्ण विद्यालयहरु विहान ६ बजेदेखि संचालन गर्न निर्देशन दिएका हुन् ।
नगरपालिका अन्तर्गत संचालित विद्यालयमा अध्यनरत बालबालिकाहरूमा अत्याधिक गर्मिका कारण पर्ने प्रति कुल अवसरलाई मध्यनजर गर्दै विहानकाे समयमा विद्यालय संचालन गर्न निर्देशन दिइएकाे प्रमुख प्रशासकिय अधिकृत श्रीवास्तवले जानकारी दिए ।
यसैगरी पर्सा कै पटेवा सुगाैली गाउँपालिकामा पनि अत्यधिक गर्मीका कारण विद्यार्थीहरु बेहाेस भएका छन् । पटेर्वा सुगौली गाउँपालिकाकाे वडा नं. २ रंगपुर टाँडी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु बेहोस भएका हुन् ।
यसैगरी वीरगंजकाे श्री सिदार्थ माविमा समेत विद्यार्थीहरु बेहाेस भएका छन् । अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीहरु नै वेहाेस हुन थालेकाे विद्यालयका शिक्षकहरुले वताएका छन् ।
यसैबिच पर्सा कै बिन्दबासिनी गाउँपालिकाले पनि बिहानै कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । पर्सा लगायत मधेश प्रदेशमा अचानक बढेको अत्याधिक गर्मीका कारण बिहानै कक्षा सञ्चालन गर्न निर्देशन दिएको गाउँपालिकाले जनाएकाे छ ।


प्रतिक्रिया