वीरगन्ज :

पर्साबाट ६४ किलो गाँजा बरामद

श्रेणी : अपराध

5 months
Pradeep Sah
1.9kViews
2001 Shares

बीरगन्ज,१२ चैत । सशस्त्र प्रहरी बल पर्साले लागूऔषध ६४ किलोग्राम गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरीको टोलीले पर्सा जिल्लाको बहुदरमाई नगरपालिका(९) को बिश्रामपुर स्थित ढङ्गही खोलाको छेउमा बेवारिसे अवस्थामा लुकेको ६ पोका गाँजा फेला पारेको हो।

नेपाल सुरक्षा बेस बहुअर्वाभाठाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले उक्त गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्सा हेडक्वाटरका अनुसार बरामद गरिएको गाँजाको कुल वजन ६४ किलोग्राम रहेको जानकारी प्राप्त भएको छ।

प्रहरीले यस आपराधिक कार्यमा संलग्न व्यक्तिहरुको पहिचान र पक्राउ गर्नका लागि थप अनुसन्धान सुरू गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *