वीरगन्ज :

पर्साबाट १२ फरार प्रतिवादी पक्राउ

श्रेणी : अपराध

1 month
Pradeep Sah
2.5kViews
1788 Shares

वीरगन्ज, २१ माघ । फैसला कार्यान्वयन विशेष अभियानअन्तर्गत पर्सा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १२ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी किशोर लम्सालका अनुसार माघ १९ र २० गते विशेष प्रहरी टोलीले कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरूलाई पक्राउ गरेको हो ।

डिएसपी लम्सालले अदालतका फैसलाहरू कार्यान्वयनमा ल्याउने क्रममा फरार व्यक्तिहरूलाई खोजी अभियान तीव्र पारिएको बताए। पक्राउ परेका सबैलाई माघ २० गते पर्सा जिल्ला अदालतमा पेस गरिएको छ ।

प्रहरीले कानुनी शासन बलियो बनाउन फैसला कार्यान्वयनमा निरन्तर सक्रिय रहने जनाएको छ। साथै, नागरिकहरूलाई कानुनी सहकार्य गर्न आग्रह गर्दै फरार प्रतिवादीहरूको सूचना दिए अपराध नियन्त्रणमा सहयोग गर्न अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *