वीरगन्ज :

पर्साबाट हुण्डी कारोबारको आरोपमा भारतीय पक्राउ

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.2kViews
1936 Shares

काठमाडौं, १७ माघ । पर्साबाट हुण्डी कारोबार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत रक्सौल निवासी २७ वर्षीय ओमकुमार रौनियार छन् । उनलाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बुधबार दिउँसो साढे ४ बजेतिर बीआर ०५ क्यू ४३८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई ६ लाखसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक किशोर लम्सालले नेपाल पोष्ट डेलीलाई जानकारी दिए ।

पक्राउ परेका रौनियारविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा १२५ (क) बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *