वीरगन्ज :

पर्साबाट राष्ट्रिय नेतृत्वमा उदय, वन महासंघमा दुई जना निर्वाचित

श्रेणी : मधेस

17 hours
Pradeep Sah
1.6kViews
1251 Shares

वीरगन्ज,१८ चैत । साझेदारी वन उपभोक्ता महासंघ नेपाल को चौथो राष्ट्रिय महाधिवेशनबाट पर्सा जिल्लाले उल्लेखनीय सफलता हासिल गरेको छ। महाधिवेशनबाट पर्साका दुई जना प्रतिनिधि केन्द्रीय नेतृत्वमा निर्वाचित भएपछि जिल्लामा खुशीको माहोल बनेको छ।

लुम्बिनीमा सम्पन्न महाधिवेशनले बिन्दवासिनी–कोइलाभार बढनिहार साझेदारी वन उपभोक्ता समूहका रिजानुलहक लाई महासंघको सचिवमा चयन गरेको छ। त्यस्तै गादीमाई साझेदारी वन उपभोक्ता समूहका सहरुम राउत गद्दी उपाध्यक्ष पदमा निर्वाचित भएका छन्।

महासंघका संस्थापक अध्यक्ष रामरुप कुर्मी का अनुसार पर्साका वन उपभोक्ताहरूले वन संरक्षण, व्यवस्थापन र सामुदायिक सशक्तिकरणमा देखाएको सक्रिय योगदानकै आधारमा उनीहरूलाई राष्ट्रिय नेतृत्वमा अवसर दिइएको हो। यसले पर्साको सफल अभ्यास र नेतृत्व क्षमतालाई देशव्यापी रूपमा स्थापित गरेको विश्वास गरिएको छ।

स्थानीय तहमा प्रभावकारी काम गर्दै आएका यी दुवै नेतृत्वले अब राष्ट्रिय स्तरमा वन संरक्षण, दिगो उपयोग र उपभोक्ता अधिकार सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *