
श्रेणी : अन्तर्राष्ट्रिय
बीरगन्ज,२४ जेठ । भारतबाट चोरी पैठारी गरी नेपाल ल्याइँदै गरेका करिब ९७,५०० वटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल, नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले बहुदरमाई नगरपालिका–५, डकैला चोक नजिकैबाट तीनवटा भारतीय नम्बर प्लेट भएका मोटरसाइकलमा ल्याइँदै गरेका ७५ कार्टुन चल्ला नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी देवेन्द्र बहादुर सिंहका अनुसार, ती चल्लाहरू नेपालमा प्रतिबन्धित रहेको र अवैध रूपमा सीमाबाट भित्र्याइएको पुष्टि भएपछि स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र क्वारेन्टाइन प्रतिनिधिको रोहबरमा सशस्त्रको गण परिसरमै नष्ट गरिएको हो।
त्यस्तै, ती चल्ला तस्करीमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलहरूलाई पनि नियन्त्रणमा लिइएको छ। ती सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।


प्रतिक्रिया