वीरगन्ज :

पर्साबाट केन्द्रसम्म: राहुल गुप्ताको उपलब्धिमा सम्मान कार्यक्रम

श्रेणी : BANNER

11 hours
Pradeep Sah
2.6kViews
1397 Shares

नेपाल फोटो पत्रकार महासंघ, पर्सा कार्यसमितिले केन्द्रीय सदस्यमा निर्वाचित युवा पत्रकार राहुल गुप्तालाई विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। गुप्ता नेपाल पत्रकार महासंघ पर्साका कार्यसमिति सदस्यसमेत रहेका छन्।

हालै सम्पन्न निर्वाचनबाट केन्द्रीय सदस्यमा पुगेपछि पर्सा कार्यसमितिले उनको सफलतालाई संस्थागत गौरवका रूपमा व्याख्या गर्दै सम्मान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा अध्यक्ष सफल खतिवडा, कोषाध्यक्ष शम्भु सुमन, पूर्व सचिव तिवारी यादव, कार्यसमिति सदस्य आरोहण साहलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष खतिवडाले गुप्ताको जितले पर्साको पहिचान राष्ट्रिय स्तरमा अझ बलियो बनेको उल्लेख गरे। उनले गुप्ताको अनुभव र सक्रियताले फोटो पत्रकारितामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै आवश्यक सहयोग निरन्तर रहने स्पष्ट पारे।

सम्मान ग्रहण गर्दै गुप्ताले आफूलाई दिएको माया र भरोसाप्रति आभार प्रकट गरे। उनले फोटो पत्रकारहरूको हकहित संरक्षण, सीप विकास तथा संस्थालाई थप मजबुत बनाउने लक्ष्यसहित अघि बढ्ने प्रतिबद्धता जनाए। साथै, देशभरका फोटो पत्रकारको आवाज सशक्त बनाउन आफ्नो भूमिका प्रभावकारी बनाउने उनले बताए।

कार्यक्रममा अन्य वक्ताहरूले पनि गुप्ताको उपलब्धिलाई पर्साका लागि गर्वको विषय भएको भन्दै सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *